Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

पीएल सिंह सबैलाई सरल व्यवहार गर्ने व्यक्ति हुनुहुन्थ्यो : मन्त्री पौडेल

पीएल सिंह सबैलाई सरल व्यवहार गर्ने व्यक्ति हुनुहुन्थ्यो : मन्त्री पौडेल

  • 135
    SHARES
  • पीएल सिंह सबैलाई सरल व्यवहार गर्ने व्यक्ति हुनुहुन्थ्यो : मन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले दिवंगत कांग्रेस नेता पीएल सिंह पार्टीमा सबैलाई सरल व्यवहार गर्ने व्यक्ति भएको बताएका छन् ।

    शनिबार प्रजातान्त्रिक योद्धा स्वर्गीय पिएल सिंहको १३ औँ पूण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै उनले सिंहले पार्टीका मान्छे सबैलाई परिवारका सदस्यजस्तै मान्ने गरेको बताएका हुन् ।

    मन्त्री पौडेलले भने, ‘पीएल दाई असाध्यै उदार हुनुहुन्थ्यो जस्तो लाग्छ मलाई । पार्टीका मान्छे सबैलाई परिवारका सदस्यजस्तै मान्नुहुन्थ्यो । सरल व्यवहार गर्ने खालको हुनुहुन्थ्यो । ’
    साथै उनले सिंह काठमाडौं महानगरको मेयर भइसकेपछि नेवार भाषालाई चलन चल्तीको भाषा बनाएको बताए ।

    उनले काठमाडौं महानगरको कोषलाई सबैसँग समन्वय गरेर त्यसको आकार समेत बढाएको बताए । मन्त्री पौडेलले भने,‘काठमाडौं महानगरपालिकाको मेयर भइसकेपछि उहाँले नेवारी भाषालाई चलनचल्तीको भाषा बनाउनुभयो । काठमाडौं महानगरको कोषलाई उहाँले  दुनियाँसामु समन्वय गरेर त्यसको आकार बढाउनुभयो । महानगर बनाउनुभयो । करिडोरहरु उहाँले सबै सुरु गर्नु भएको हो ।’

    उनले काठमाडौंको रितीतिथि, संस्कृति र मन्दिर सबैलाई महानगरबाट सहयोग हुने नीतिगत व्यवस्था समेत पीएल सिंहले गरेको बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij