Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

आयुर्वेदिक औषधीको उत्पादन बढाउन सिंहदरबार वैद्यखानालाई स्वास्थ्यमन्त्रीको निर्देशन

आयुर्वेदिक औषधीको उत्पादन बढाउन सिंहदरबार वैद्यखानालाई स्वास्थ्यमन्त्रीको निर्देशन

  • 140
    SHARES
  • आयुर्वेदिक औषधीको उत्पादन बढाउन सिंहदरबार वैद्यखानालाई स्वास्थ्यमन्त्रीको निर्देशन

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखाना निरीक्षण गरेर आयुर्वेदिक औषधीको उत्पादन बढाउन निर्देशन दिएका छन् । वैद्यखानाका आयुर्वेदिक औषधीको प्रसस्त माग भएकाले उत्पादन बढाएर माग सम्बोधन गर्न मन्त्री पौडेलले निर्देशन दिएका हुन् । 

    मन्त्री पौडेलले वैद्यखाना सुधारका लागि विशेष चासो लिँदै आएका छन् । मन्त्री पौडेलले सोचजस्तो उत्पादन वृद्धि नभए पछि स्थलगत अनुगमन गर्दै समस्या समाधानका लागि उपायको खोजी थालेका हुन् ।

    मन्त्रालयका उच्च अधिकारीसहित अनुगमनमा गएका मन्त्री पौडेलले वैद्यखानाको काम कारबाहीबारे जानकारी लिँदै पर्याप्त औषधी उत्पादन नभएको गुनासो आएकाले उत्पादन बढाउन हरसम्भव उपाय लगाउन आग्रह गरे ।

    ‘वैद्यखानाको औषधी जति उत्पादन भए पनि बिक्री हुने रहेछ,’ मन्त्री पौडेलले भने, ‘तपाईंहरुले उत्पादन बढाउनेतर्फ देखिने गरी काम देखाउनुस् ।’

    कर्मचारीहरुले स्रोत अभाव भएको गुनासो गरेपछि मन्त्री पौडेलले केही समय अघि पनि वैद्यखानाका लागि बजेट गएको प्रसंग निकाल्दै सार्वजनिक संस्थानहरुलाई पुँजीगत सहयोग गर्न सकिने तर तलब ख्वाउनका लागि सरकारले रकम दिन नसक्ने प्रष्ट पारे ।

    ‘तपाईंहरुको पुँजीगत क्षमता विकासका लागि के चाहिन्छ भन्नुस्, हामी सघाउँछौं,’ उनले भने, ‘तर उत्पादन नबढाउने अनि सरकारसँग पैसा मागेर तलब र उपदान दिन सकिन्न ।’

    पौडेलले बजारमा सिंहदरबार वैद्यखानाको औषधी किन्न खोज्दासमेत नपाइने अवस्था रहेको उल्लेख गर्दै पर्याप्त कच्चा पदार्थ उपलब्ध नगराउने ठेकेदारलाई कालोसूचीमा राखेर नयाँ विकल्प खोज्न पनि निर्देशन दिए ।

    ‘प्रधानमन्त्रीज्यूको पनि वैद्यखानाले उत्पादन बढाओस् भन्नेमा चासो छ,’ पौडेलले भने, ‘बजारमा जति उत्पादन गरे पनि बिक्ने चिज पनि हामी किन बेच्न सक्दैनौं ?’

    तीन दिनभित्र समस्या नभइ समाधानसाथ उत्पादन बढाउने योजना ल्याउन वैद्यखानाका अधिकारीलाई निर्देशन दिँदै उनले भने, ‘उत्पादन बढाउने योजनामा बजेट अभाव हुन दिन्नौं ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij