Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

एनपिएल : जनकपुर र सुदूरपश्चिम, काठमाडौं र लुम्बिनी भिड्दै

एनपिएल : जनकपुर र सुदूरपश्चिम, काठमाडौं र लुम्बिनी भिड्दै

  • 138
    SHARES
  • एनपिएल : जनकपुर र सुदूरपश्चिम, काठमाडौं र लुम्बिनी भिड्दै

    काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा  आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स तथा काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स भिड्दै छन् ।

    जारी एनपिएलमा चार खेल खेलेको जनकपुर बोल्ट्स सबै खेलमा विजयी भएको छ । सुदूरपश्चिम रोयल्सले  चार खेलमध्ये तीनमा जित निकालेको छ ।

    तीन खेल खेलेको काठमाडौं गुर्खाजले दुई खेल जितेको छभने एक खेलमा पराजित भएको छ । लुम्बिनी भने पाँच खेलमा एउटा मात्र जित्न सफल भएको छ । 

  • सम्बन्धित विषय:

  • # एनपिएल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij