Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

समृद्धि फाइनान्सको लिलामी शेयरमा आवेदन गर्ने मंगलबार अन्तिम दिन

समृद्धि फाइनान्सको लिलामी शेयरमा आवेदन गर्ने मंगलबार अन्तिम दिन

  • श्रावण ४, २०७८ सोमवार १४:२० बजे
  • 660
    SHARES
  • समृद्धि फाइनान्सको लिलामी शेयरमा आवेदन गर्ने  मंगलबार अन्तिम दिन

     काठमाडौं । समृद्धि फाइनान्सको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन मंगलबार बैकिङ समयसम्म रहेको छ । कम्पनीले असार २९ गतेदेखि ११ लाख ३५ हजार ५ सय ५८ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । यसअघि पनि कम्पनीले लिलामीमै बिक्री खुला गरेको शेयरमा पर्याप्त आवेदन नपरेपछि पुनः लिलामीमा ल्याएको हो ।

    कम्पनीको शेयर मूल्य प्रतिकित्ता न्यूनतम १ सय रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ताको लागि बोलपत्र पेश गर्न सकिने छ भने अधिकतम सम्पूर्ण कित्ताका लागि पनि बोलपत्र पेश गर्न सकिने छ ।

    बिक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको छ । बोलपत्रका लागि समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय, हेटौंडा, पुतलीसडक, बुटवल, पोखरा र नारायणगढबाट आवेदन दिन सकिने छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij