Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

विश्व बडी बिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीबाट सम्मानित

विश्व बडी बिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीबाट सम्मानित

  • 110
    SHARES
  • विश्व बडी बिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीबाट सम्मानित

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडी बिल्डिङ एण्ड फिजिकल स्पोर्टस् च्याम्पियनसिप, २०२४ मा पदक प्राप्त नेपाली खेलाडीलाई आज सम्मान गरेका छन् ।

    प्रधानमन्त्री निवास,बालुवाटारमा आज प्रधानमन्त्री ओलीले ती खेलाडीलाई बधाई दिँदै सम्मान गरेका हुन् । यही ५ देखि ११ नोभेम्बरमा माल्दिभ्समा भएको  प्रतियोगिताको विभिन्न तौल समूह र विधामा रुपेश शाही, प्रज्ज्वल शाक्य, रजनी शाक्य र सोनाममुल गुठीले दोस्रो स्थान हासिल गरेका थिए ।

    प्रधानमन्त्री ओलीले यस खेलको पर्याप्त सम्भावना रहेकोेले राज्यकातर्फबाट आवश्यक प्रोत्साह नहुने विश्वास दिलाए । नेपाल शाररीक सुुगठन तथा फिटनेस महासंघका अध्यक्ष राजेशबाबु श्रेष्ठले पर्यटन प्रवर्द्धनमा समेत योगदान मिल्ने भएकोले यस खेललाई सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिए । सो अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यलगायतको सहभागीता थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij