काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय दोहोर्याएको छ । आइतबार बसेको बैठकले पार्टीका वरिष्ठ नेता माधव नेपाल एमाले एकताको पक्षमा नरहेको पनि निष्कर्ष निकालेको छ ।
‘प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने एमालेको संस्थागत निर्णय छ । तर माधव नेपालले मत दिने बताइरहनुले उहाँ (नेपाल) एमाले एकताको पक्षमा हुनुहुन्न भन्ने बैठकको निष्कर्ष छ,’ पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले भने । पार्टीको आधिकारिक निर्णयले देउवालाई विश्वासको मत नदिने बताइसकेकाले यस्तो अवस्थामा नेपालले देउवालाई विश्वासको मत दिए नेपाल एमालेमा रहन नसक्ने धारणा प्रवक्त ज्ञवालीले व्यक्त गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij