Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

बैंकिङ क्षेत्रमा प्रचुर मात्रामा तरलता छ : गभर्नर अधिकारी

बैंकिङ क्षेत्रमा प्रचुर मात्रामा तरलता छ : गभर्नर अधिकारी

  • 119
    SHARES
  • बैंकिङ क्षेत्रमा प्रचुर मात्रामा तरलता छ : गभर्नर अधिकारी

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका बाह्य क्षेत्र सबल रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाजको २६ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले बैंकिङ क्षेत्रमा प्रचुर मात्रामा तरलता रहेको बताएका हुन् ।

    गभर्नर अधिकारीले  भने, ‘अर्थतन्त्रका बाह्य क्षेत्र अत्यन्तै सबल छ । मुद्रास्फ्रिती सायद इतिहासमै  तल छौं । त्यसैगरी बाह्य क्षेत्रसंगसँगै बैंकिङ सिस्टममा प्रशस्तै प्रचुर मात्रामा तरलता छ । तरलता, हालको अवस्था, सवलतालाई हेरेर नेपाल राष्ट्र बैंकले पछिल्लो मौद्रिक नीतिमा धेरै नै लचक ल्याएको छ ।’

    उनले तरलताकै आधारमा बैंकिङ प्रणालीको ब्याजदरहरु तल रहेको बताए । उनले भोलिको दिनमा आर्थिक क्रियाकलापहरुलाई अगाडी बढाउनको लागि र नीजि क्षेत्रको मनोबललाई उच्च राख्नको लागि प्रशस्त मात्रामा आधारशिला खडा भएको जनाए ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij