Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

कांग्रेस–एमाले जनताको अधिकारको लागि लडेको दल हो : मन्त्री सिंह

कांग्रेस–एमाले जनताको अधिकारको लागि लडेको दल हो : मन्त्री सिंह

  • 133
    SHARES
  • कांग्रेस–एमाले जनताको अधिकारको लागि लडेको दल हो : मन्त्री सिंह

    काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधान संशोधन गरेर जनताको अधिकार खोस्न खोजेको भनेर भइरहेको प्रचारमा सत्यता नभएको बताएका छन् ।

    काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेस–एमाले जनताको अधिकारको लागि लडेको दल भएको बताउका हुन ।

    ‘संविधान संशोधन गरेर सरकारले भएको अधिकांश कटौती गर्छ भन्ने प्रचार भइरहेको छ । कांग्रेस र एमाले लडेर जनतालाई अधिकार दिएका छौँ। सरकारमा गएर त्यो कटौती हुँदैछ भनेर गरिएको हल्लामा कुनै सत्यता छैन। हल्लाको पछाडि लागेर कहीँ पुगिँदैन।’ मन्त्री सिंह भने ।

    उनले राजनीतिक स्थायित्व दिनको लागि कांग्रेस एमालेसँग मिलेको समेत बताए ।  मन्त्री सिंह भने ‘सातआठ महिनामा सरकार चेञ्ज भइराख्ने, टिक्ने नटिक्ने सरकारले केही गर्न नसक्ने भएकाले ठूलो दल मिलेको छौँ। यो सरकार बनेपछि अर्थतन्त्रलाई लयमा ल्याउन सकारात्मक प्रयास भइरहेको छ । अर्थतन्त्रलाई अगाडि बढाउन सरकारले काम गरेर देखाउँछ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij