Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

युवाहरुको आवश्यकता र भावना अनुसारको नीति आवश्यक छ : राष्ट्रपति पौडेल

युवाहरुको आवश्यकता र भावना अनुसारको नीति आवश्यक छ : राष्ट्रपति पौडेल

  • 139
    SHARES
  • युवाहरुको आवश्यकता र भावना अनुसारको नीति आवश्यक छ : राष्ट्रपति पौडेल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले युवा सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक रुपान्तरणका अग्रदूत भएको बताएका छन ।

    सोमबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बोल्दै उनले युवा परिवर्तनका संवाहक तथा राष्ट्रका अमूल्य सम्पत्ति भएको बताएका हुन ।

    राष्ट्रपति पौडेलले भने, ‘युवा राजनीतिक, सामाजिक,आर्थिक र सांस्कृतिक रुपान्तरणका अग्रदूत हुन्, परिवर्तनका संवाहक साथै राष्ट्रको अमूल्य सम्पत्ति हुन् ।’

    साथै उनले युवाको शसक्तिकरणका लागि शिक्षा, स्वास्थ्य, रोजगारीको अवसर प्रदान गर्नुपर्ने जनाए । युवाहरुको आवश्यकता र भावनालाई  बुझेर नयाँ नीतिको आवश्यक्ता भएको उनको भनाइ थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij