Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

वडा सचिवको कोठाबाट सामाजिक सुरक्षा भत्ताको ३९ लाख चोरी

वडा सचिवको कोठाबाट सामाजिक सुरक्षा भत्ताको ३९ लाख चोरी

  • 627
    SHARES
  • वडा सचिवको कोठाबाट सामाजिक सुरक्षा भत्ताको ३९ लाख चोरी

    बझाङ । बुंगल नगरपालिका वडा नं ९ र ११ को सामाजिक सुरक्षा भत्तावापतको रकम वडा सचिवको कोठाबाट चोरी भएको छ । सचिव वपिन्द्र महतोको कोठाबाट वडा नं ९ र ११ मा वितरण गर्न राखिएको ३९ लाख मंगलबार राति चोरी भएको बताइएको छ । सचिव महतो वडा सदस्य धनवीर बोहराका घरमा भाडामा बस्दै आएका र पैसा पनि त्यहीँबाट चोरी भएको प्रहरीले जनाएको छ ।

    घटनाको प्रकृति हेर्दा चोरी भएको भनिए पनि कोठामा तोडफोडलगायत कुनै पनि क्रियाकलाप नभएको पाइएको छ । पैसा राखिएको दराजसमेत तोडफोड नभएको हुँदा घटना शंकास्पद देखिएको स्थानीयवासी खड्क बोहराले बताए ।

    वडा सचिव महतोसहित घरमालिकलाई सोधपुछका लागि नियन्त्रणमा लिएर अस्थायी प्रहरी चौकी पुतलीलेक र इलाका प्रहरी कार्यालय झापाले अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीको बताए । उक्त घरमा सचिवलगायत दुई जना कोठा भाडामा बस्ने गरेको र घरबेटी अर्को घरमा बस्ने गरेको बताइएको छ ।

    करिब २१ लाख ९१ हजार वितरण गरिसकिएको र ३९ लाख वितरण गर्नका लागि राखिएको जनाइएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij