वेबटिभी खबर
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, यूरो र कतारी रियालको विनिमय दर बढ्दा बेलायती पाउण्डको विनिमय दर भने घटेको छ ।
आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ८६ पैसा र बिक्री दर १३४ रूपैयाँ ४६ पैसा पुगेको छ ।त्यस्तै, युरो एकको खरिद दर १४६ रूपैयाँ ५६ पैसा र बिक्री दर १४७ रूपैयाँ २१ पैसा रहेको छ ।
त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १७० रूपैयाँ ६२ पैसा र बिक्री दर १७१ रूपैयाँ ३९ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ७० पैसा र बिक्री दर ३६ रूपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij