Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

पर्यटनमन्त्री पाण्डेद्वारा एक महिने कार्यतालिका सार्वजनिक

पर्यटनमन्त्री पाण्डेद्वारा एक महिने कार्यतालिका सार्वजनिक

  • 146
    SHARES
  • पर्यटनमन्त्री पाण्डेद्वारा एक महिने कार्यतालिका सार्वजनिक

    काठमाडौं । संस्कृति पर्यटन तथा  नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले एक महिने कार्यतालिका सार्वजनिक गरेका छन ।

    सोमबार आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक प्रगति समीक्षा र मन्त्रालयस्तीय विकास समस्या समितिको बैठकमार्फत मन्त्रालयको कार्यलाई प्रभावकारी बनाउन एकमहिने कार्यतालिका सार्वजनिक गरेका हुन ।

    उनले आगामी महिनादेखि प्रत्येक बुधबार मन्त्रालयका विभागस्तरीय छलफल गर्नका लागि कार्यतालिका सार्वजनिक गरेका हुन् । उनले मन्त्रालयले बोकेका लक्ष्य रउद्देश्य हासिल गर्नका लागि युद्वस्तरमा काम गरिरहेको बताए ।

    मन्त्री पाण्डेले आगामी भदौ महिनाको पहिलो बुधबार ५ गते संस्कृति महाशाखा,१२ गते पर्यटन महाशाखा,१९ गते नागरिक उड्डयन र महिनाको अन्तिम बुधबार संयुक्त रूपमा छलफल गर्नेगरि तयारी गर्न सचिव र महाशाखा प्रमुखलाई निर्देशन समेत दिएका छन ।

    त्यसैगरी उनले देश सिस्टममा नबस्दा जनताहरूले दुख पाएको बताउँदै सिस्टममा लैजानका लागि कर्मचारीलाई प्रोत्साहन र उत्प्रेरणा दिनुपर्ने जनाए । आर्थिक अनियमितता र भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम राख्नका लागि काम गर्ने मन्त्री पाण्डेले अठोट व्यक्त गरे । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij