Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

आर्थिक शिथिलता हटाउन मौद्रिक नीतिलाई सबैले अनुशरण गर्नुपर्छ : गभर्नर

आर्थिक शिथिलता हटाउन मौद्रिक नीतिलाई सबैले अनुशरण गर्नुपर्छ : गभर्नर

  • 126
    SHARES
  • आर्थिक शिथिलता हटाउन मौद्रिक नीतिलाई सबैले अनुशरण गर्नुपर्छ : गभर्नर

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति अन्तर्राष्ट्रिय पूँजी बजार, नेपालको अर्थतन्त्रको वर्तमान अवस्था र नेपाली समाजका आधारभूत आवश्यकताका आधारमा ल्याइएको दाबी गरेका छन् ।

    काठमाडौंमा आइतबार आयोजित चालु आर्थिक वर्षको मौद्रिक नीतिमाथि निजी क्षेत्रसँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले निजी क्षेत्र र आर्थिक गतिविधिमा उत्साह आउनेगरि ल्याइएको यस नीतिलाई सबैले अनुशरण नगरे शिथिलता कायमै रहने बताए । 

    उनले भने, ‘राष्ट्र बैंकले मौद्रिक नीति भइरहँदाखेरि अर्थतन्त्रका हिसाबले हामी कहाँ छौँ ? नेपालका अर्थतन्त्रका विभिन्न क्षेत्रको अवस्था कस्तो छ ? त्यसलाई आधार मानेरै हामी के गर्न सक्छौं ? आधारभूत आवश्यकता के हो ? यसको आधारमा नीति ल्याएका छौँ ।’

    राज्य र निजी क्षेत्रको तर्फबाट आफ्नो ठाउँमा काम गरिएन र बहानाबाजी मात्रै गरियो भने शिथिलता कायम हुने डर रहने उनले बताए । व्यापारमा उत्साह ल्याउनका लागि गरिएको यस अभ्यासलाई राज्यसत्तामा बस्ने र निजी क्षेत्रमा काम गर्ने सबैले अनुशरण गर्नुपर्ने उनले औँल्याए ।

    निजी क्षेत्रलाई स्वतन्त्रता दिइएको भएपनि आर्थिक अस्थिरता पैदा हुनेगरि काम गर्न नदिने उनको गभर्नर अधिकारीको भनाइ छ । 

    ‘आर्थिक अस्थिरता हुनेगरि काम गर्न दिदैनौँ । त्यसमा एकदमै सजग छौँ । मौद्रिक नीतिले निजी क्षेत्रको कुनै पनि आर्थिक क्रियाकलापमा असर पर्ला भनेर डराउनुपर्दैन,’ उनले भने । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij