Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

यातायात कार्यालय धनगढीले उठायो ६५ करोड राजस्व

यातायात कार्यालय धनगढीले उठायो ६५ करोड राजस्व

  • 122
    SHARES
  • यातायात कार्यालय धनगढीले उठायो ६५ करोड राजस्व

    कैलाली । यातायात व्यवस्था कार्यालय धनगढीले गत आर्थिक वर्ष २०८०/८१ मा ६५ करोड ३१ लाख ६३ हजार ९६ राजस्व संकलन गरेको छ ।

    यातायात व्यवस्था कार्यालय धनगढीका निमित्त प्रमुख नरेन्द्र शाहका अनुसार सवारीसाधन करबाट सबैभन्दा बढी ४९ करोड ७९ लाख ६० हजार तीन सय ५८ र सबैभन्दा कम प्रशासनिक सेवा शुल्कबाट १९ हजार नौ सय राजस्व संकलन गरेको हो ।

    चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट  १४ करोड २७ लाख २६ हजार नौ सय ५८, बाटो इजाजत, प्रदुषण र जाँचपासबाट एक करोड १७ लाख ७३ हजार तीन सय ५५ र व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट पाँच लाख ६३ हजार चार सय २५ संकलन गरेको छ ।

    कार्यालयको बेरुजु एक लाख १९ हजार एक सय रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ । सो कार्यालयले अघिल्लो आव २०७९/८० मा विभिन्न राजस्व शीर्षकबाट ६३ करोड ९४ लाख ३० हजार चार सय १४ राजस्व संकलन गरेको थियो । 

    अघिल्लो आवको तुलनामा गत आवमा एक करोड ३७ लाख ३२ हजार छ सय ८२ ले राजस्व रकम वृद्धि भएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij