वेबटिभी खबर
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ६७ पैसा र बिक्री दर १३४ रूपैयाँ २७ पैसा पुगेको छ ।
युरो एकको खरिद दर १४४ रूपैयाँ ७५ पैसा र बिक्री दर १४५ रूपैयाँ ४० पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७१ रूपैयाँ ६५ पैसा र बिक्री दर १७२ रूपैयाँ ४२ पैसा पुगेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ६६ पैसा र बिक्री दर ३६ रूपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij