वेबटिभी खबर
काठमाडाैं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले आफ्नो कुनै स्वार्थ नभएको बताएकी छिन् । बुधबा सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा पदभार ग्रहण गर्दै आफ्नाे एउटै स्वार्थ भनेको परिणाम निकाल्ने गरी काम गर्नु रहेको बताएकी हुन् ।
'मसँग कुनै व्याक्तिगत स्वार्थ छैन,' भुसालले भनिन्, 'एउटै स्वार्थ छ, त्यो हो परिणाम निकाल्ने गरी काम गर्नु ।' पदभार ग्रहणका क्रममा उनले विद्युत र सिंचाई नपुगेका ठाउँमा तत्काल पुर्याउने गरी काम गर्ने बताइन् ।
भुसालले मंगलबार मन्त्री पदको सपथ लिएकी थिइन् । सर्वोच्च अदालतले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई बर्खास्त गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij