वेबटिभी खबर
काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वाेच्च अदालतको आदेशमा प्रधानमन्त्री ओली समर्थकको आपत्ति स्वभाविक हो । तर, राप्रपा अध्यक्ष कमल थापा ओली समर्थकभन्दा बढी यसको विरोध गर्दै मैदानमा उत्रिएका छन् ।
प्रतिनिधिसभा पुनर्स्थापना हुनेवित्तिकै देशमा अस्थिरता बढ्ने भन्दै उनी त्यसको विरोधमा देखिए । राजनीतिक फैसला, कार्यान्वयनमा जटिलता भन्दै उनले अनेक उदाहरण दिँदै सर्वाेच्च अदालतमा गोरु व्यायो भनेर सामाजिक सञ्जालमा लेखे । सर्वाेच्चको आदेशसँगै थापा अहिले सामाजिक सञ्जालमार्फत विपक्षी गठवन्धनमा लागेका एमाले वरिष्ठ नेता माधव नेपालको विरोधमा जुटेका छन् ।
नेपालको विरोधमा उनले सामाजिक सञ्जाल ट्वीटरमा अट्ने अक्षरको सीमाभित्र रहेर एउटा लघु कथा नै लेखेका छन् । लघु कथामा कसैको नाम नलिइ अप्रत्यक्षरुपमा नेपाल पक्षलाई प्रहार गरिएको छ ।२३ जना मेजरले आफ्नो सेनापतिसँग असन्तुष्ट भइ विदेशी फौजसँग मिलेर आफ्नै सेनापतिलाई हराएको उनको लघु कथामा उल्लेख छ । माधव नेपाल पक्षका २३ सांसदले पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेर ओलीको कदमलाई पराजित गरेको सन्दर्भलाई उनले लघु कथामार्फत ब्यंग्य गरेका हुन् ।
त्यसैगरी उनले अदालतको आदेशमाथि प्रश्न गर्दै पार्टीको टिकट, घोषणापत्र र सहयोगबाट चुनाव जित्ने अनि सरकार बनाउने बेला स्वतन्त्र हैसियतमा निर्णय गर्न पाउने कस्तो परम्परा कायम गर्न खोजि रहेका छौँ ? भनेका छन् ।
नेपाल पक्ष विपक्षी गठवन्धमा लागेकोतर्फ औंल्याउँदै उनले एउटै पार्टीका केही सांसद सत्तापक्ष केही प्रतिपक्षमा बस्ने कस्तो संसदीय प्रजातन्त्र बनाउन खोजि रहेका छौँ ? भनेर प्रश्न उठाएका छन् ।
बिहान फुरेको लघुकथा-"को जित्यो,को हार्यो"
— Kamal Thapa (@KTnepal) July 13, 2021
एकादेशमा एउटा देशको सेनापतिसँग २३ जना सेनानीहरु असन्तुष्ट भएछन्।ति असन्तुष्ट सेनानीहरू विदेशी फौजसँग मिल्न गए।अनि 'पंच भलादमी' समेतको सहयोग लिएर आफ्नो सेनापतिलाई पराजित गरेपछि विद्रोही सेनानीहरु 'जित्यौँ,जित्यौँ' भन्दै सगौरव घर फर्केछन्
पार्टीको टिकट,घोषणापत्र र सहयोगबाट चुनाव जित्ने अनि सरकार बनाउने बेला स्वतन्त्र हैसियतमा निर्णय गर्न पाउने कस्तो परम्परा कायम गर्न खोजि रहेका छौँ ?एउटै पार्टीका केही सांसद सत्तापक्ष केही प्रतिपक्षमा बस्ने कस्तो संसदीय प्रजातन्त्र बनाउन खोजि रहेका छौँ ? https://t.co/yF49WQ8zdL
— Kamal Thapa (@KTnepal) July 12, 2021
बरिष्ठ राजनितिज्ञ स्व.राजेश्वर देवकोटाको शब्द सापटि लिएं-
— Kamal Thapa (@KTnepal) July 12, 2021
“सर्वोच्च अदालतमा आज गोरू व्यायो”
राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij