Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

विपक्षी गठवन्धनको बैठक सकियो, भोलि सानो मन्त्रिपरिषद् गठन गर्ने 

विपक्षी गठवन्धनको बैठक सकियो, भोलि सानो मन्त्रिपरिषद् गठन गर्ने 

  • 633
    SHARES
  • विपक्षी गठवन्धनको बैठक सकियो, भोलि सानो मन्त्रिपरिषद् गठन गर्ने 

    काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वाेच्च अदालतको आदेश आएपछि एमाले वरिष्ठ नेता माधव नेपाल निवास कोटेश्वरमा सोमबार अपरान्ह बसेको विपक्षी गठबन्धनको बैठकमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर भोलि सानो क्याविनेट गठन गर्ने सहमति भएको छ ।

    मन्त्रीहरु क्रमशः थप गर्दै जाने सहमति भएको सहभागी एक नेताले बताए ।

    अदालतको आदेशअनुसार भोलि नै देउवाको नेतृत्वमा सरकार गठन गर्नुपर्ने अवस्था छ । राष्ट्रपतिका नाममा अदालतले परमादेश जारी गर्दै भोलि नै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भनेको छ ।

    कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका सांसदले प्रतिनिधिसभा पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए । अदालतको आदेश लगत्तै देउवाले सहयात्री सबैसँग सल्लाह गरेर अघि बढ्ने बताएका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij