Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

विप्लव मैले कोरेकै बाटोमा: प्रचण्ड

विप्लव मैले कोरेकै बाटोमा: प्रचण्ड

  • फाल्गुण २२, २०७७ शनिवार १५:२८ बजे
  • 848
    SHARES
  • विप्लव मैले कोरेकै बाटोमा: प्रचण्ड

    काठमाडौं । नेकपा प्रचण्ड-माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्ततः नेत्रविक्रम चन्द्र ‘विप्लव’ आफूले नै कोरेको बाटोमा नै आइपुगेको बताएका छन् ।

    शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले विप्लवलाई पार्टीमा स्वागत गर्न प्रतिक्षारत रहेको पनि बताए ।

    ‘उहाँ अन्ततोगत्वा पार्टीकै बाटोमा, मैले कोरेकै गोरेटोमा आइपुग्नु भएको छ,’ प्रचण्डले भने, ‘यसअर्थमा म उहाँलाई धन्यवाद दिन चाहन्छु र छिट्टै यस्तै कार्यक्रममा उहाँलाई स्वागत गर्ने प्रतिक्षामा रहेको कुरा पनि घोषणा गर्न चाहन्छु ।’

    आफूले पहिले नै विप्लव अन्ततः आफूहरूकै लाइनमा आउने कुरा भनेको र त्यो मिलेको प्रचण्डको दावी थियो ।उनले भने, ‘मैले जहाँसम्म उहाँलाई बुझेको छु, चिनेको छु, अन्ततः उहाँ यही ठाउँमा, यही लाइनमा, यही टीममा उहाँ आउनैपर्छ । मैले धेरै पहिले नै भनेको थिएँ, जतिबेला उहाँ अलग्गिनु भएको थियो ।’

    कार्यक्रममा विप्लव नेतृत्वको नेकपाका पनि केही कार्यकर्ता प्रचण्ड–माधव पक्षीय नेकपामा प्रवेश गरेका थिए ।एउटा कालखण्डमा एउटा मात्रै प्रचण्ड जन्मिन सक्ने उनले बताए । ‘मैले भनेको थिएँ- अर्को प्रचण्ड अहिले हुँदैन । अन्ततः उहाँ प्रचण्डकै बाटोमा आउनुभयो, त्यसकारण म उहाँलाई धन्यवाद भन्न चाहन्छु ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij