वेबटिभी खबर
काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वाेच्च अदालतले जारी गरेको परमादेशअनुसार मंगलबार नयाँ सरकार बन्ने भएको छ ।
पुनर्स्थापनाका पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता गान्धी पण्डितले देउवाले १४६ जना सांसदको व्यक्तिगत हस्ताक्षर पेश गरेको आधारमा प्रतिनिधिसभा ब्युँतिएको बताए ।
‘१४६ जनाको व्यक्तिगत हस्ताक्षर बुझाएको आधरमा प्रतिनिधिसभा ब्युँतियो र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी भएको हो,’ अदालतको आदेशपछि सर्वाेच्च अदालत परिसरमा पत्रकारहरुसँग कुरा गर्दै पण्डितले भने ।
पण्डितका अनुसार सर्वाेच्चले दिएको आदेशअनुसार प्रधानमन्त्री नियुक्त हुने देउवाले ३० दिनभित्र विश्वासकाे मत लिनुपर्छ ।
सर्वोच्चको फैसलापछि विपक्षी गठबन्धनका नेताहरूसँग छलफल गर्दै देउवा
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij