Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

भारतमा चट्याङकै कारण किन सयाैंले गुमाउँछन् ज्यान ?

भारतमा चट्याङकै कारण किन सयाैंले गुमाउँछन् ज्यान ?

  • 634
    SHARES
  • भारतमा चट्याङकै कारण किन सयाैंले गुमाउँछन् ज्यान ?

    जयपुर । राजस्थानको राजधानी जयपुरसहित अन्य राज्यका विभिन्न जिल्लामा आइतबार चट्याङ परेर कम्तिमा २० जनाको मृत्यु भएको छ । सेल्फि खिच्ने क्रममा चट्याङ पर्दा जयपुरको उत्तरी क्षेत्रमा ११ जनाको मृत्यु भएको छ ।

    घटना भएको समयमा उनीहरु आमेल किलाको वाच टावरमाथि पानीमा रुझ्दै सेल्फि लिइरहेका थिए । त्यहाँ अन्य २७ जना व्यक्ति पनि उपस्थित थिए । सेल्फि लिइरहेका बेला चट्याङ परेपछि केही व्यक्ति टावरबाट हाम फाले भने धेरैको मृत्यु भयो । घाइते ११ जनाको मानसिंह अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । 

    राजस्थानकै झालावाडमा १, बारामा १ र कोटामा ४ बालबालिकाको मृत्यु भएको छ । कोटामा अन्य ८ बालबालिका घाइते भएका छन् । धौलपुरमा ३ बालबालिकाको मृत्यु भएको पुष्टि जिल्ला प्रशासनले गरेको छ ।

    यस्तै, उत्तर प्रदेशमा पनि चट्याङ परेर विभिन्न स्थानमा ४२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने बताइएको छ । राहत आयुक्त कार्यालयको कन्ट्रोल रुमका अनुसार पुरै प्रदेशमा ४२ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । यसबाहेक २ सय ४९ पशुचौपायको पनि मरेका छन् भने २० घरपालुवा जनावार घाइते छन् । 

    राजस्थान र उत्तर प्रदेशका मुख्यमन्त्रिहरुले घाइतेको उचित उपचार र मृतकका परिवारलाई क्षतिपूर्ती उपलब्ध गराउने घोषणा गरेका छन् । भारतमा आधिकारिक रुपमा १२ वटालाई मात्र प्राकृतिक प्रकोप मानिन्छ, चट्याङलाई यसमा समावेश गरिएको छैन । तर प्रत्येक वर्ष चट्याङकै कारण कैयौं व्यक्तिले ज्यान गुमाउँछन् । विशेष गरी उत्तर प्रदेशमा चट्याङको प्रकोप बढी छ । 

    चट्याङ विश्वका अन्य क्षेत्रमा पनि पर्छ तर भारतमा मात्रै यति ठूलो संख्यामा मानिसले किन ज्यान गुमाउँछन् ? विकसित देशमा चट्याङ पर्ने वेलामा चेतावनी दिने प्रविधिहरुको विकासले मानिसलाई थप सुरक्षित गराएकाे पाइन्छ तर भारतमा यस्ता प्रविधिको अभाव छ ।

    यस बाहेक,जुन देखि सेप्टेम्बर महिनामा भौगोलिक स्थितिका कारण ठूलाे वेगमा मनसुनी हावा भारत पुग्छ । आधा भारत अरब सागरमा प्रायद्वीप जस्तो छ । तसर्थ, यी मनसुनको हावाले भारतको ठूलो  क्षेत्रलाई असर गर्छ ।

    भारतमा वर्षा अत्यधिक हुन्छ । उत्तर पूर्वी राज्यमा मनसुनी हावाको ठूलो वेग पुग्छ, यसकारण चट्याङ पर्ने सम्भावना बढी हुन्छ । यसबाहेक भारतमा धेरै मानिसहरु कृषि क्षेत्रमा सक्रिय छन् । उनीहरु कामका लागि घरबाट बाहिर निस्किएका हुन्छन् । खेतबारीमा काम गरिरहेका वेला पनि उनीहरु चट्याङको चपेटामा पर्ने सम्भावना बढी हुन्छ ।  

    उत्तर प्रदेशमा चट्याङ परेर एकैदिन २८ जनाको मृत्यु उत्तर प्रदेशमा चट्याङ परेर एकैदिन २८ जनाको मृत्यु

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij