वेबटिभी खबर
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ३२ पैसा रहेको छ भने बिक्री दर १३३ रूपैयाँ ९२ पैसा रहेको छ ।
सोमबार डलर एकको खरिद दर १३३ रूपैयाँ १० पैसा र बिक्री दर १३३ रूपैयाँ ७० पैसाका दरले कारोबार भएको थियो ।
यस्तै, युरो एकको खरिद दर १४३ रूपैयाँ २७ पैसा रहेको छ भने बिक्री दर १४३ रूपैयाँ ९१ पैसा रहेको छ । सोमबार खरिद दर १४३ रूपैयाँ ७७ पैसा र बिक्री दर १४४ रूपैयाँ ४२ पैसा रहेको थियो ।
त्यस्तै, बेलायती पाण्उड एकको खरिद दर १६९ रूपैयाँ ४२ पैसा रहेको छ भने बिक्री दर १७० रूपैयाँ १९ पैसा रहेको छ । सोमबार खरिद दर १६९ रूपैयाँ ३४ पैसा र बिक्री दर १७० रूपैयाँ १० पैसामा कारोबार भएको थियो ।
यस्तै, आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ५६ पैसा र बिक्री दर ३६ रूपैयाँ ७३ पैसामा कारोबार भैरहेको राष्ट्र बैंकले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij