Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

नेपाल विश्वकपको पहिलो खेल नेदरल्याण्डसँग खेल्दै

नेपाल विश्वकपको पहिलो खेल नेदरल्याण्डसँग खेल्दै

  • 220
    SHARES
  • नेपाल विश्वकपको पहिलो खेल नेदरल्याण्डसँग खेल्दै

    काठमाडौं । आइसीसी टी-२० विश्वकपमा नेपालले गरेको प्रतिक्षाको घडि समाप्त भएको छ । नेपालले अमेरिकाको डालासमा रहेको ग्रान्डपेरी क्रिकेट मैदानमा नेदरल्याण्ड्ससँग टसका लागि मैदान उत्रदा १० वर्ष पछि दोस्रो पटक विश्वकपको यात्रा सुरु गर्ने छ ।

    सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकप पछि नेपाली टोलीले दोस्रो पटक विश्वकप खेल्न लागेको हो । नेपाल र नेदरल्याण्ड्सबीचको खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरुहुने छ ।

    विश्वकपका लागि तयारी गर्न भन्दै १ महिना अगाडि नै गएको नेपाली टोलीले अभ्यास राम्रो भएको प्रतिक्रिया दिएको छ ।

    सोमबारको अभ्यासपछि आयोजित पत्रकार सम्मेलनमा नेपाली टिमका कप्तान रोहित पौडेलले नेदरल्याण्ड्सविरुद्ध जित निकाल्दै विश्वकप यात्रा सुरु गर्नका लागि तयार रहेको बताएका छन् ।

    ग्रान्ड पेरी रंगशालालाई त्रिवि क्रिकेट मैदानको जस्तै संज्ञा दिँदै खेलका लागि नेपाली समर्थकहरुको उपस्थिति हुने पनि विश्वास व्यक्त गरे । पत्रकार सम्मेलनमा कप्तान पौडेलले समर्थकहरूलाई खुसी र गर्व गर्न लायक प्रर्दशन गर्ने बताए ।

    ‘अमेरिका आएपछि यहाँका समर्थकको ठुलो माया पाएका छौँ । त्रिवि मैदानपछि यो मैदानमा हामीले बढी समर्थन पाउँछौ जस्तो लागेको छ । हाम्रो लागि यो अवसरसँगै जिम्मेवारी पनि हो ।’ पत्रकार सम्मेलनमा पौडेलले भने,’हामीमाथि उत्कृष्ट क्रिकेट खेलेर उहाँहरूलाई खुसी र गर्व गर्न लायक बनाउने जिम्मेवारी छ ।’

  • सम्बन्धित विषय:

  • # विश्वकप

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij