Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

गण्डकीका मुख्यमन्त्रीसहित दुई मन्त्रीले लिए शपथ

गण्डकीका मुख्यमन्त्रीसहित दुई मन्त्रीले लिए शपथ

  • 141
    SHARES
  • गण्डकीका मुख्यमन्त्रीसहित दुई मन्त्रीले लिए शपथ

     

    गण्डकी । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्र पाण्डेसहित दुई जना मन्त्रीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

    सर्वोच्च अदालतको परमादेशअनुसार नियुक्त हुनुभएका मुख्यमन्त्री पाण्डेलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पोखरा सभागृहमा आयोजित विशेष समारोहका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

    समारोहमा प्रदेश प्रमुख भट्टले नवनियुक्त आर्थिक मामिलामन्त्री डा टकराज गुरुङ र ऊर्जा जलस्रेत खानेपानी, सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापालाई पनि पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।

    मन्त्री थापा यसअघि कृष्णचन्द्र नेपाली नेतृत्वको सरकारमा प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवारी बहन गरिसकेका थिए ।

  • सम्बन्धित विषय:

  • # शपथ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij