वेबटिभी खबर
काठमाडौं । संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदको बेल घेराउ गरी लगातार नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन ।
कांग्रेस सांसदको नाराबाजीकै बीचमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले विश्वासको मत लिने भएकाले त्यसका लागि सहज वातावरण बनाउन आग्रह गरिरहेका थिए । उनले आग्रह गरे पनि कांग्रेस सांसदले नाराबाजी नरोकेपछि बैठक स्थगितको सूचना गरेका हुन ।
प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै कांग्रेस सांसदहरु आआफ्नो स्थानमा उठेर विरोधमा देखिएका थिए । कांग्रेसको तर्फबाट बोल्न पाउनु पर्ने उनीहरूको माग थियाे । सभामुखले नियमित कार्यसूचीमा लैजान खोजेपछि कांग्रेस सांसदहरु बेलमा आएर नाराबाजी गरेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij