Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

माग सम्बोधन नभए चरणबद्ध आन्दोलन चर्काउने इसीडी शिक्षक र विद्यालय कर्मचारीको चेतावनी 

माग सम्बोधन नभए चरणबद्ध आन्दोलन चर्काउने इसीडी शिक्षक र विद्यालय कर्मचारीको चेतावनी 

  • 3.4K
    SHARES
  • माग सम्बोधन नभए चरणबद्ध आन्दोलन चर्काउने इसीडी शिक्षक र विद्यालय कर्मचारीको चेतावनी 

    काठमाडौं । सरकारले श्रम ऐनअनुसार घोषणा गरेको सेवा सुविधाबाट आफूहरु बञ्चित रहेको भन्दै राजविराजका बालविकास र विद्यालयमा कार्यरत शिक्षक, शिक्षिका तथा कर्मचारीहरु आन्दोलित भएका छन् । उनीहरुले राजविराज नगरपालिकाका नगर प्रमुख शम्भुप्रसाद यादवलाई ज्ञापनपत्र बुझाएका छन् ।

    आफूहरुको माग अविलम्ब सम्बोधन नगरे चरणबद्ध रुपमा आन्दोलन चर्काउने उनीहरुले चेतावनी समेत दिएका छन् । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा समेत बालविकासमा कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीको पारिश्रमिक प्रति महिना १५ हजार हुने उल्लेख छ । जसअनुसार संघीय सरकारबाट ८ हजार र स्थानीय सरकारबाट ७ हजार रकम उपलब्ध गराउने व्यवस्था भएको बालविकास शिक्षक हकहित संरक्षण समितिका अध्यक्ष सुनिता यादवको भनाइ छ ।

    तर, संघीय सरकारबाट प्राप्त हुने ८ हजार रुपैयाँ मात्र स्थानिय तहबाट पाउने गरिएको उनीहरुको भनाइ छ । बालविकासका शिक्षक र विद्यालयका कर्मचारीहरु लामो समयदेखि न्यून पारिश्रमिकमा काम गर्नुपर्दा जिविकोपार्जन कष्टकर बन्दै गएको तथा आफूहरुको समस्याप्रति तीनवटै तहका सरकार उदासिन रहेकोले बाध्य भई सडकमा उत्रिनु परेको उनीहरुले बताए । आफूहरुको जायज माँग अविलम्ब पूरा गर्न सरकारसँग माग गरे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij