Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

  • 216
    SHARES
  • पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

    काठमाडौं । पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर तीन रूपैयाँले मूल्य वृद्धि भएको छ । मंगलबार बिहानदेखि कायम हुने गरी पेट्रोलियम पदार्थ र डिजेलको मूल्यमा वृद्धि भएको हो ।

    नेपाल आयल निगम लिमिटेडले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरीद मूल्य अनुसार पेट्रोलियम पदार्थकोप्रति लिटर दुई रूपैया ९६ पैसा र डिजेलको प्रतिलिटर तीन रुपैया ४६ पैसा मूल्य बढेको हो ।

    नयाँ खुद्रा मूल्यअनुसार पेट्रोलप्रति लिटर रूपैयाँ एक सय ७८, डिजेल र मट्टितेल प्रतिलिटर रूपैयाँ एक सय ६१ पुगेको छ ।

    पहिलो वर्गअन्र्तगतको चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका लागि पेट्रोलको मूल्य एक सय ७५ रूपैयाँ ५० पैसा तोकिएको छ ।

    यस्तै दोस्रो वर्ग अन्र्तगतको सुर्खेत र दाङका लागि एक सय ७७ रूपैयाँ मूल्य रहेको छ भने तेस्रो वर्गअन्र्तगतको काठमाडौं, पोखरा र दिपायलका लागि  पेट्रोलको मूल्य एक सय ६१ रूपैयाँ कायम गरिएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij