वेबटिभी खबर
अमेरिका । नेपालको संचार क्षेत्रमा ख्याति कमाएका मनोज बस्नेतलाई युनेस्को युथ पिस एम्बेसडर अवार्ड प्रदान गरिएको छ ।
अमेरिकाको लसएन्जल्समा आयोजित १८औँ युथ पिस एम्बेसडर ट्रेनिङ वर्कसपको विशेष समारोहमा बस्नेतलाई गैरनाफामुखी संस्थाको रूपमा इन्टरनेशनल रूपमा काम गरिरहेको युथ युनेस्को क्लबसहितका संस्थाले संयुक्त रूपमा सन् २०२४/२५ का लागि युनेस्को युथ पिस एम्बेसडर अवार्ड प्रदान गरेको हो ।
‘मिडियामा रही बस्नेतले युवा र शान्तिका लागि निभाएको भूमिकाको उच्च मूल्यांकन गर्दै अन्तराष्ट्रियस्तरमा यो अवार्ड दिएका हौं,’ अमेरिकी यूनिभर्सिटी सोभर नेशन युएसएका प्रेसिडेन्ट प्रो.डा ड्यालरले भने, ‘आगामी दिनमा उनले युवा र शान्तिको पक्षमा अझै बढी योगदान गर्नेछन ।’
सन् २०११ बाट बिभिन्न क्षेत्रमा रही युवा र शान्तिका लागि योगदान पुर्याउने व्यक्तिहरूलाई हरेक बर्ष यो अवार्ड दिन थालिएको हो। हाल सम्म ६५ देशका ब्यक्तिहरूले यो उपाधि पाइसकेका छन् ।
‘यो अवार्डसँगै अब उनहरूका लागि अन्तराष्ट्रिय फोरमहरू खुलेको छ,’ युथ युनेस्को क्लब युएसएका प्रेसिडेन्ट रिमेश खनालले भने, ‘संसारभरबाट बिभिन्न विधामा रही युवा र शान्तिका लागि योगदान पुर्याउने सयौबाट उहाँलाई यसका लागि योग्य ठहराई एम्बेसडर अवार्ड प्रदान गरेका हौं ।’
मिडियामा युवा र शान्तिु विधाबाट अवार्डका लागि बस्नेतलाई छनोट गरिएको उनले बताए । रिपोर्टर हुँदै मिडिया म्यानेजर बनेका बस्नेत बिगत १७ बर्षदेखि मिडियामा आवद्व छन् ।
हाल उनी कान्तिपुर मिडिया ग्रुपको बिक्रीबितरण, प्रेस तथा रिजनल विभागको प्रमुखको रूपमा कार्यरत छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij