मुकेश झा
सर्लाही । सर्लाहीमा प्राथमिक तहका अस्थायी तथा करार शिक्षक हटने भएका छन् । २०७६/९/०१ पछि अस्थायी तथा करारमा नियुक्त भएका सबै शिक्षक हटाउन लागिएको शिक्षा विकास तथा समन्य इकाइ सर्लाहीले जनाएको छ ।
शिक्षक सेवा आयोगबाट सर्लाहीका लागि सिफारिस भएका प्राथमिक तहका स्थायी शिक्षक उम्मेदवार १८३ जना थप्ने भएकोले अबदेखि सर्लाहीमा ७७ जना अस्थायी/करार शिक्षक विस्थापित हुने शिक्षा विकास तथा समन्य इकाइ सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहाले जानकारी दिए ।
यसैगरी शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीमा उपलब्ध अभिलेख अनुसार सर्लाहीका २० पालिकाहरू मध्ये सबैभन्दा धेरै बलरा नगरपालिकाबाट १७ जना, रामनगर गाउँपालिकाबाट ८ जना, धनकौल गाउँपालिकाबाट २ जना, विष्णु गाउँपालिकाबाट ५ जना, गोडैता नगरपालिकाबाट ५ जना, कौडेना गाउँपालिकाबाट १ जना, मलंगवा नगरपालिकाबाट ४ जना,ब्रहमपुरी गाउँपालिकाबाट ४ जना, कविलासी नगरपालिकाबाट ५ जना , हरिपूर्वा नगरपालिकाबाट १ जना, बरहथवा नगरपालिकाबाट ५ जना, पर्सा गाउँपालिकाबाट २ जना, हरिपुर नगरपालिकाबाट ३ जना, लालबन्दी नगरपालिकाबाट ४ जना, वागमती नगरपालिकाबाट ६ जना र इश्वरपुर नगरपालिकाबाट ५ जना गरि जम्मा ७७ जना हटने भएको छ । उनिहरू २०७६/०९/०१ गतेपछिका अस्थायी/ करार नियुक्त शिक्षक हुन् ।
सर्लाहीमा प्राथमिक तहमा सरुवा तथा अनिवार्य अवकाश भई रिक्त शिक्षक १०६ जना रहेको थियो । सर्लाहीभरीमा सामुदायिक विद्यालयको संख्या ५०० भन्दा बढी रहेको छ ।
सर्लाहीमा न्यूनतम आवश्यक दरबन्दी प्रावि तहमा २ हजार ५९ जना शिक्षकमध्ये १ हजार २ सय २१ , आधारभुत तह (६–८)मा ६२८ जना जसमध्ये ३९७ जना, मावि तहमा ४५५ जसमध्ये दरबन्दी २६३ जना, माध्यमिक तह (कक्षा ११ र १२)मा ११४ मध्ये ८३ जना शिक्षकको मात्र दरबन्दी रहेको छ ।
२०५२ पछि स्वीकृत शिक्षक दरबन्दी र २०६७ पछि शिक्षक अनुदान कोटा (राहत) नथपिएको र दिनानुदिन विद्यालयहरूमा कक्षा थप र नयाँ विधालय स्थापनाको क्रम जारी छ ।
अहिले विद्यार्थी संख्याको आधारमा शिक्षक नथपिदा सर्लाहीका सामुदायिक विद्यालयहरूमा शिक्षकको अभाव भएको शिक्षा विकास तथा समन्वय इकाइका प्राविधिक सहायक कुशवाहाले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij