Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै

मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै

  • 134
    SHARES
  • मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै

    हेटौडा । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज दिउँसो १ बजे विश्वासको मत लिँदै छन ।

    आइतबार बसेको प्रदेशसभाको कार्यव्यवस्था समितिको बैठकले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावलाई आज बाग्मती प्रदेश सभामा छलफल गराउने निर्णयसहित कार्यसूची तय गरेको थियो । प्रदेश सभाका सचिव कृष्णहरि खड्काका अनुसार उक्त बैठकले मुख्यमन्त्री जम्कट्टेलले आज बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची तय भएको छ ।

    बैठकले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावलाई छलफल गरी निर्णायार्थ प्रस्तुत गर्ने कार्यसूची छ । प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि विभिन्न दलका प्रदेशसभा सदस्यले धारणा राख्ने सचिव खड्काले बताए ।

    नेपाली कांग्रेसले प्रदेश सरकारबाट समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था बनेको हो । सोहीअनुसार उनले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव सचिवालयमा दर्ता गराएका थिए ।

    सरकार टिकाउन मुख्यमन्त्री जम्कट्टेललाई प्रदेश सभाका ५६ सदस्यको मत आवश्यक पर्छ । प्रदेश सभामा एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका सात, हाम्रो नेपाली पार्टीका दुई, कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका तीन सदस्य छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij