Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

गरिबीलाई शून्यमा झार्नु छ : अध्यक्ष ओली

गरिबीलाई शून्यमा झार्नु छ : अध्यक्ष ओली

  • 183
    SHARES
  • गरिबीलाई शून्यमा झार्नु छ : अध्यक्ष ओली

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले गरिबी रेखालाई घटाएर शून्यमा झार्नुपर्ने बताएका छन् ।

    काठमाडौं जिल्ला कमिटीको बृहत् कार्यकर्ता भेलालाई आज यहाँ सम्बोधन गर्दै उनले सरकारले गरिबी शून्यमा झार्ने गरी काम गर्ने बताए ।

    उनले अहिले गरिबीको रेखामुनि १७ प्रतिशतबाट बढेर २०.२६ प्रतिशतमा पुगेको उल्लेख गर्दै त्यसलाई शून्यमा झार्नुपर्ने बताए ।

    ‘हामीले सरकारमा रहँदा निरपेक्ष गरिबीको रेखालाई १७ प्रतिशतमा झारेका थियौँ । तर अहिले त्यो बढेर फेरि २०।२६ प्रतिशतमा पुगेको छ । त्यसलाई घटाउनु छ । शून्यमा झार्नु छ,’ उनले भने ।

    अध्यक्ष ओलीले एमाले देश बनाउने संकल्प बोकेर हिँडेको पार्टी भएको धारणा व्यक्त गरे । उनले आगामी निर्वाचनमा काठमाडौंमा गएको निर्वाचनको जस्तो हार अस्वीकार्य भएको बताए ।

    ‘पछिल्लो निर्वाचनमा १० प्रतिशतको हैसियतमा झर्यो । काठमाडौँका १० क्षेत्रमध्ये एउटा मुस्किलले जित्यौँ यो स्थितिलाई अनिवार्य बदल्नै पर्छ’, उनले भने, ‘एमालेलाई काठमाडौंमा यो अवस्था कुनै हालतमा स्वीकार्य छैन । एमालेले काम गरेर देखाएको हिसाबले पनि जुन परिमाण आएको छ । त्यो पीडादायी रहेको छ ।’

    उनले आगामी निर्वाचनमा काठमाडौंमा एमालेले ९० प्रतिशत मत ल्याउनुपर्ने बताए । अध्यक्ष ओलीले पार्टीका पक्षमा सामाजिक सञ्जालमार्फत बोल्न कार्यकर्तालाई आग्रह गरे ।

    ‘पार्टीका पक्षमा बोल्नुपर्यो । विपक्षीले लगाएका झुठो आरोपको खण्डन गर्नुपर्यो । यो झुठो हो भनेर सामाजिक सञ्जालमा किन टिप्पणी लेख्दैनौँ’, उनले भने

    अध्यक्ष ओलीले नेपाललाई समृद्ध र सुशासनयुक्त बनाउन खोजेको बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij