Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

विप्लव काठमाडौंमा

विप्लव काठमाडौंमा

  • फाल्गुण २१, २०७७ शुक्रवार १३:२८ बजे
  • 1.1K
    SHARES
  • विप्लव काठमाडौंमा

    काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) काठमाडौं प्रवेश गरेका छन् । केहीबेरमा राष्ट्रिय सभागृहमा आयोजना हुने सरकारसँगको संयुक्त वक्तव्य र सरकारसँग आफ्नो पार्टीले गरेको तीन बुँदे सहमतिपत्रमा हस्ताक्षरका लागि विप्लव काठमार्डौं आएका हुन् ।

    सरकारले ०७५ चैत २८ मा विप्लवसहित उनीनेतृत्वाको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएको थियो । त्यसयता सार्वजनिक रूपमा नदेखिएका विप्लव आज बिहान नवलपारसीबाट सार्वजनिक भएका हुन् ।

    नवलपरासीबाट उनी पार्टीकै गाडीबाट काठमाडौं प्रवेश गरेका हुन् । महानगरीय प्रहरी प्रभाग नागढुंगाका अनुसार उनी केहीबेरअघि काठमाडौं भित्रिएका हुन् । विप्लवलाई काठमाडौंसम्म आउन प्रहरीले स्कर्टिङसहित सुरक्षा दिएको प्रहरी स्रोतले बताएको छ ।

    सभागृहको कार्यक्रममा सहभागी हुनु पहिला विप्लव प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री केपी ओलीसँग केहीबेर कुराकानी गर्ने प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij