Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

तीन कृषकलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार

तीन कृषकलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार

  • 168
    SHARES
  • तीन कृषकलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार

    बाग्मती । कृषिक्षेत्रको उत्पादन र विकासमा उल्लेखनीय कार्य गरेवापत मकवानपुरका तीनजना कृषकलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारवाट हेटौंडामा आयेजित एक कार्यक्रबीच सम्मान गरिएको छ ।

    पशुसेवा कार्यालय मकवानपुर हेटौंडाद्वारा आज आयोजित सो कार्यक्रममा थाहा नगरपालिका-७ डाँडावासका इमानसिंह थिङ, मनहरी गाउँपालिका-७ रमौलकी  मुना अर्याल तथा हेटौँडा  वडा नं-१७ का झम्कनाथ सुवेदीलाई  सो पुरस्कारबाट सम्मानित गरिएको हो ।

    सो पुरस्कारको राशि जनही २५ हजार नगद तथा प्रशंसापत्र रहेको छ । सम्मानित थिङले डाँडावास कृषि प्रालिमार्फत् बाख्रा तथा तरकारी खेती, अर्यालले रवि व्यावसायिक कृषि फार्ममा कागती तथा ड्रागन खेती तथा सुवेदीले विविआर एग्रो प्रालिबाट वोयर जातको बाख्राको पालन गर्दै आएका छन् ।

    जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईले संयुक्त रुपमा सो पुरस्कारबाट उनीहरूलाई सम्मानित गरेका थिए ।

    मकवानपुर जिल्लाका विभिन्न स्थानबाट प्राप्त भएका ११ वटा प्रस्ताव मध्येबाट छनौट गरी तीन जना कृषकलाई  सम्मानित गरिएको पशुसेवा कार्यालय मकवानपुरका प्रमुख डा. बज्रकिशोर ठाकुरले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij