Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

भरतपुरको द्रूत विकास : एकै दिन तीन आयोजना उद्घाटन

भरतपुरको द्रूत विकास : एकै दिन तीन आयोजना उद्घाटन

  • 214
    SHARES
  • भरतपुरको द्रूत विकास : एकै दिन तीन आयोजना उद्घाटन

    चितवन । भौतिक पूर्वाधारमा द्रूत विकास गर्दै आइरहेको भरतपुर महानगरपालिकाले एकै दिन तीन आयोजनाको उद्घाटन गरेको छ ।

    संघीय र प्रदेशसँग समन्वय गर्दै ठूलो मात्रामा विकास बजेट भित्र्याएको भरतपुरले तीनवटा सरकारको समन्वयमा निर्माण भएका आयोजना उद्घान गरेको हो ।

    वडा कार्यालय भवन, १६ शय्याको अस्पताल र घरेलु प्रदर्शनी केन्द्रको महानगर प्रमुख रेनु दाहालले आज उद्घाटन गरिन् ।उद्घाटन समारोहमा प्रमुख दाहालले आगामी कार्यभार भरतपुरको उद्यमशीलताको विकास रहेको बताइन् ।

    भरतपुरमा पूर्वाधार विकासको क्षेत्रमा धेरै काम भएको भन्दै उनले अबको योजना महानगरबासीलाई उद्यमी बनाउने रहेको बताइन् ।

    उनले भनिन्, ‘स्वदेशमा नै रोजगारी सृजना गर्न महानगरले घरेलु उद्योगको प्रवद्र्धन गर्दै आएको छ । अबका दिनमा उद्यमशीलतालाई थप प्रोत्साहन गर्दै जानेछौँ ।’

    समय-समयमा विभिन्न किसिमका तालिम प्रदान गर्दै आइरहेको बताउँदै उनले समग्र महानगरबासीको आर्थिक विकासमा प्रदर्शनी केन्द्रले, स्वास्थ्य क्षेत्रमा अस्पतालले र स्थानीय जनतालाई अन्य सेवा वडा कार्यालयले दिने बताइन् ।

    कार्यक्रममा उपप्रमुख चित्रसेन अधिकारीले जनताको अधिकारलाई थप बलियो बनाउन तीनवटा योजनाको एकैपटक उद्घाटन गरिएको बताइन् ।

    महानगरपालिकाले स्थानीय सरकारका रुपमा आम जनताको भावना र मर्मअनुसार काम गर्दै आएको उनको भनाइ छ । दुईतले वडा कार्यालय भवन निर्माणका लागि रु एक करोड ३२ लाख खर्च भएको वडाअध्यक्ष विष्णुराज महतोले जानकारी दिए ।

    यसैगरी, बागमती प्रदेश सरकारको रु एक करोड ५५ लाख सहयोगमा घरेलु प्रदर्शनी केन्द्र निर्माण भएको हो । 

    एसियाली विकास बैंक÷जेएएफपीआरको अनुदान सहयोगमा नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत कोभिड-१९ रेस्पोन्स आयोजनामार्फत एक करोड ६६ लाखको लागतमा १६ शय्याको अस्पताल निर्माण भएको हो ।

    यसको स्वामित्व आजै भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेललयागतले बोल्नुभएको थियो ।

  • सम्बन्धित विषय:

  • # भरतपुर

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij