Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

मन्त्री–मेयर विवाद : कर्मचारीको तलब, नगरको विकास रोकियो

मन्त्री–मेयर विवाद : कर्मचारीको तलब, नगरको विकास रोकियो

  • 410
    SHARES
  • मन्त्री–मेयर विवाद : कर्मचारीको तलब, नगरको विकास रोकियो

    सर्लाही । नगरसभा हुन नसक्दा तलबभत्ता नपाएका सर्लाहीको हरिपुर्वा नगरपालिकाका कर्मचारीले काम ठप्प पारेर एक सातादेखि नगरपालिकामा धर्ना दिएका छन् । कर्मचारीले धर्ना दिएको एक सातापछि धर्नामा नगरक्षेत्रका शिक्षक पनि थपिएका छन् । आइतबार १६ वटा सामुदायिक विद्यालयका १०६ जना शिक्षक धर्नामा आएका हुन् । 

    नगरसभा नहुँदा नगरपालिकाका कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी लगायतले चालु आर्थिक वर्षको गत साउन यताकै तलबभत्ता पाएका छैनन् । सात महिनादेखि तलब नपाएपछि कर्मचारी बाध्य भएर धर्नामा उत्रेका हुन ।

    Dharna Sichhak.jpg

    नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरसभा हुन नसकेको हो । कांग्रेसबाट जितेका नगरपालिकाका मेयर विनोद साह र सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य जितेर मन्त्री बनेका, साेही नगरबासी महेन्द्र राय यादवबीचको विवादले प्रमुख प्रशासकीय अधिकृत नगरपालिकामा टिक्न सकेका छैनन् । मेयरले ल्याएको प्रमुख प्रशासकीय अधिकृतलाई मन्त्री यादवले तत्कालै सरुवा गराइदिने गरेकाले नगरसभा अहिलेसम्म हुन नसकेकाे हाे । नगरसभा नहुँदा विकास बजेटसमेत खर्च हुन सकेकाे छैन । जसले गर्दा नगरबासी विकासबाट बञ्चित बन्न पुगेका छन् । 

    नेताहरूको विवादले कर्मचारी तलबबाट बञ्चित भएका छन भने जनता विकासबाट बञ्चित भएका छन् । जनताकाे समस्या समाधान गर्ने भन्दा पनि राजनीतिक खिँचातानीकाे मारमा नगरपालिका परेकाे छ । जनताकाे समस्यामा कसैकाे चासाे छैन । लामाे समयदेखि कर्मचारी, शिक्षकले तलब नपाए पनि नेताहरूले भने त्यसमा सहानुभुतिसम्म देखाएका छैनन् । जेष्ठ नागरिक र अन्यले पाउने सामाजिक सुरक्षा भत्ता पनि राेकिएकाे छ । 

    Dharna Haripurwa.jpg

    सात महिनादेखि तलब नपाएपछि कार्यालय बन्द गरेर धर्नामा बसे कर्मचारी सात महिनादेखि तलब नपाएपछि कार्यालय बन्द गरेर धर्नामा बसे कर्मचारी

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij