Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

अटो नेपाल म्याग्जिनलाई रोड सेफ्टी मिडिया अवार्ड

अटो नेपाल म्याग्जिनलाई रोड सेफ्टी मिडिया अवार्ड

  • 834
    SHARES
  • अटो नेपाल म्याग्जिनलाई रोड सेफ्टी मिडिया अवार्ड

    काठमाडौं । यस वर्षको रोड सेफ्टी मिडिया अवार्ड अटो नेपाल म्याग्जिनले प्राप्त गरेको छ । शनिबार एक कार्यक्रमबीच नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) र नासा फाउन्डेसनले संयुक्त रुपमा अटो नेपाल म्याग्जिनलाई उक्त अवार्ड प्रदान गरेका हुन् । यी दुई संस्थाले हरेक दुई वर्षमा प्रदान गर्ने अर्वाड यो वर्ष अटो नेपाल म्याग्जिनलाई प्रदान गरिएको हो । 

    नेपालको मोटर स्पोर्ट्स, अटोमोबाइल मोबिलिटी, ड्राइभ टुरिजम तथा रोड सेफ्टीको क्षेत्रका समाचार सम्प्रेषण गर्दै आम पाठकलाई सुसूचित गराएको योगदानको कदर गर्दै अटो नेपाल म्याग्जिनलाई अवार्ड प्रदान गरिएको संस्थाका प्रतिनिधिले जनाएका छन् । अटो नेपालका रोशनकुमार श्रेष्ठ र भुषणकुमार श्रेष्ठलाई अवार्डको साथमा प्रसंंशापत्र तथा नगद ११ हजार १ सय ११ रुपैयाँसहित सम्मान गरिएको छ ।

    नेपाल रेडक्रस सोसाइटीका सभापति डा.नेत्रप्रसाद तिम्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नासा नेपालका अध्यक्ष दशरथ रिसाल, नासा फाउण्डेसन नेपालकी संयोजक भगवती सेढाईं, नेशनल एलाइन्स फर सेफ एण्ड सस्टेनेवल मोविलिटीका संयोजक गोविन्द भट्टराईलगायतको उपस्थिति थियो ।

    छैटौ ‘यून ग्लोबल रोड सेफ्टी विक’को सन्दर्भमा नासा नेपाल, नेसनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोविलिटी तथा नासा फाउन्डेसनलगायतका संघ संस्थाले सञ्चालन गरेको साप्ताहिक अभियानको सन्दर्भमा अवार्ड वितरण गरिएको हो । नासा नेपाल र नासा फाउन्डेसन मोटर स्पोर्टस क्षेत्रमा डेढ दशकदेखि क्रियाशील छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij