Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

‘डेडिकेटेड’ र ‘ट्रंकलाइन’ सम्बन्धी विवाद टुंग्याउन आयोग गठनको माग

‘डेडिकेटेड’ र ‘ट्रंकलाइन’ सम्बन्धी विवाद टुंग्याउन आयोग गठनको माग

  • 162
    SHARES
  • ‘डेडिकेटेड’ र ‘ट्रंकलाइन’ सम्बन्धी विवाद टुंग्याउन आयोग गठनको माग

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले ‘डेडिकेटेड’ र ‘ट्रंकलाइन’सम्बन्धी विवाद समाधान गर्न उच्चस्तरीय अधिकार सम्पन्न आयोग गठन गर्न माग गरेको छ ।

    महासंघले आज विज्ञप्ति जारी गर्दै सरकार र निजी क्षेत्र यसबारे पूर्ण जानकारका साथै समस्या समाधानका लागि तत्पर रहेको अवस्थामा विवादलाई टुंगोमा पुर्‍याउन आयोग गठनको माग गरेको हो ।

    महासंघले उक्त विवादको अन्त्य नभएसम्म विद्युत् लाइन नकाट्न तथा काटिएका उद्योगको लाइन तत्काल जोड्न आग्रह गरेको छ । ‘डेडिकेटेड’ र ‘ट्रंकलाइन’सम्बन्धी समस्या तत्काल सम्बोधन नभए धरै उद्योग बन्द हुनुका साथै रोजगारी र राजस्वमा समेत असर पर्ने महासंघले जनाएको छ ।

    महासंघले विद्यमान आर्थिक मन्दीका समयमा निजी क्षेत्रका मुद्दालाई गम्भीरतापूर्वक लिइ समस्या समाधानमा सरकारले पहल गर्ने विश्वास व्यक्त गरेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij