वेबटिभी खबर
काठमाडौं । देशभरका उच्च अदालतमा स्वचालित पेशी तोकिने प्रणलाी सुरु भएको छ ।
ललितपुरस्थित पाटन उच्च अदालतमा आइतबार आयोजित एक कार्यक्रमकाबीच प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले स्वचालित पेशी तारेख व्यवस्थापन प्रणालीको शुभारम्भ गरे । स्वचालित पेशी तारेख व्यवस्थापन प्रणाली सुरुभएसँगै कर्मचारीले गोलाप्रथाबाट तारेख तोक्ने विद्यमान प्रणालीको अन्त्य भएको छ ।
अव मुद्दाको प्रकृति र प्राथमिकताका आधारमा तारिख मिति स्वचालित रुपमा निर्धारण हुने प्रधानन्यायाधीश श्रेष्ठले बताए । नयाँ प्रणालीले न्यायिक र प्रशासनिक काम काबारहीमा सरलता दिने उनले स्पष्ट पारे ।
प्रधानन्यायाधीश श्रेष्ठले अब जिल्ला अदालतहरुमा पनि स्वचालित पेशी तारिख व्यवस्थापन गर्नका लागि अध्ययन सुरु गर्ने जानकारी दिए । त्यस्तै उनले सर्वोच्च अदालतमा अनलाइन रजिस्ट्रेसन प्रणालीको लागिसमेत अध्ययन भइरहेको बताए । सर्वोच्च अदालतमा भने यसअघि नै स्वचालित पेशी तारेख व्यवस्थापन प्रणाली लागू भइसकेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij