Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

नेप्सेमा उच्च अंकको वृद्धि

नेप्सेमा उच्च अंकको वृद्धि

  • 174
    SHARES
  • नेप्सेमा उच्च अंकको वृद्धि

    काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अंकले उकालो लागेको छ ।

    नेप्से परिसूचक दुई हजार एक सय विन्दुभन्दा माथि पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४५ दशमलव ९८ विन्दुले उकालो लागेर दुई हजार एक सय छमा पुगेको हो ।

    यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलब शुन्य पाँच अंकले उकालो लागेर तीन सय ९७ दशमलव ६९ मा पुगेको छ । कूल एक करोड ६४ लाख ५७ हजार एक सय ३८ कित्ता शेयर पाँच अर्ब ९८ करोड ४६ लाख ९९ हजार एक सय ७५ मा खरिदबिक्री भएको छ ।

    नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको ३७ करोड ४३ लाख ४८ हजार दुई सय दुई बराबरको शेयर कारोबार भयो । यस्तै सोल्टी होटलको २८ करोड ७३ लाख २४ हजार तीन सय ३१, सोनापुर मिनरल्सको १६ करोड ७१ लाख ४२ हजार सात सय ५५, हाथवे इन्भेस्टमेन्टको १४ करोड २९ लाख ३० हजार पाँच सय ८८ र घोराही सिमेन्टको १३ करोड ३० लाख ८६ हजार तीन सय ९८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन ।

    नेप्सेका अनुसार आज विभिन्न दस कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै सिद्धार्थ इन्भेस्टम ग्रोथ स्किम दोस्रो सात दशमलव २६, माथिल्लो मैलुङ खोला जलविद्युत् आयोजना चार दशमलव ९०, प्रभु बैंकको ऋणपत्र तीन दशमलव ८३, सानिमा बैंकको ऋणपत्र तीन दशमलव ७८ र पिपल्स पावरको लगानीकर्ताले तीन दशमलव १९ प्रतिशतले गुमाएका छन । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij