Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

गंगा नदी किनारमा गाडेका शव तैरिए, अन्त्येष्टि गर्दै प्रशासन 

गंगा नदी किनारमा गाडेका शव तैरिए, अन्त्येष्टि गर्दै प्रशासन 

  • 1.1K
    SHARES
  • गंगा नदी किनारमा गाडेका शव तैरिए, अन्त्येष्टि गर्दै प्रशासन 

    लखनउ । उत्तर प्रदेशको प्रयागराजस्थित गंगा नदीमा पानीको सतह बढेपछि नदी किनारामा गाडिएका शवहरु बाहिर देखिन थालेका छन् । नगर निगमका अधिकारीले ती वेवारिस शव हिन्दु रिति रिवाजअनुसार दाह संस्कार गरिरहेका छन् ।

    अहिलेसम्म प्रशासनले १५० भन्दा धेरै शवको दाहसंस्कार गरेको बताएको छ । प्रयागराज जिल्लाको फाफामउ क्षेत्रमा कोरोना संक्रमणको दोस्रो लहरको क्रममा गंगा नदीको तटमा ठूलो संख्यामा शव गाडिएको थियो ।

    पछिल्लो केही दिनदेखि भइरहेको वर्षाका कारण नदीमा पानीको सतह बढेपछि शव पानीमा तैरिन थालेका हुन् । शव बाहिरै देखिन सुरु गरेपछि स्थानीय निकायले शवको दाह संस्कार गर्ने निर्णय गरेको हो । 

    कोरोना संक्रमण अत्यधिक फैलिएको समयमा ठूलो संख्यामा कोरोना संक्रमित भएर मृत्यु भएका शवहरु त्यहाँ एम्बुलेन्स चालकहरूले लिएर गएका थिए । ती मृतक व्यक्तिहरुको घरपरिवारबारे कुनै पहिचान नभएपछि त्यहीँ गाडिएको थियो । 

    भारतः कोरोनाको दोस्रो लहरबाट राहततर्फ भारतः कोरोनाको दोस्रो लहरबाट राहततर्फ भारतमा काेराेना संक्रमण दर ९१ प्रतिशत घट्याे भारतमा काेराेना संक्रमण दर ९१ प्रतिशत घट्याे

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij