वेबटिभी खबर
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीलगायत समसामयिक राजनीतिक विषयहरुमा छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।
बैठक शुक्रबार दिउँसो १२ः१५ बजे सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बस्ने जनाइएको छ ।
कांग्रेसका मुख्यसचिव एवं राष्ट्रिय सभाका सदस्य कृष्णप्रसाद पौडेलले बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारीका विषयमा छलफल हुने जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij