Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

एमाले बैठकमा शिक्षामन्त्री श्रेष्ठको राजीनामा माग

एमाले बैठकमा शिक्षामन्त्री श्रेष्ठको राजीनामा माग

  • 1.8K
    SHARES
  • एमाले बैठकमा शिक्षामन्त्री श्रेष्ठको राजीनामा माग

    काठमाडौं ।  नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग भएको छ ।

    मन्त्री श्रेष्ठले जातीय विभेद आरोपी घरधनी सरस्वती प्रधानलाई प्रहरी कार्यालयबाटै छुटाएर जातीय विभेदलाई प्रश्रय दिएको भन्दै एमाले केन्द्रीय सदस्य जगत विश्वकर्माले मन्त्री श्रेष्ठको राजीनामा माग गरेका हुन् ।

    सञ्चारकर्मी तथा कलाकार रूपा सुनारलाई दलित भएकै कारण कोठा भाडामा नदिएको भन्दै प्रहरीले काठमाडौं बबरमहलकी घरबेटी प्रधानलाई ६ असारमा प्रक्राउ गरेको थियो ।

    ३ दिनपछि प्रहरी वृत्त सिंहदरबार पुगेर मन्त्री श्रेष्ठले प्रधानलाई सरकारबाट प्राप्त गाडीमा राखेर घर पुर्याएका थिए । मन्त्री श्रेष्ठको उक्त कार्यको चौतर्फी आलोचना भइरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij