वेबटिभी खबर
काठमाडौं । सरकारसँग कोरोनाविरुद्धको खोप माग्दै नयाँ वानेश्वरका खुद्रा व्यावसायीहरू आन्दोलित भएका छन् ।उनीहरूले खोप नलगाई व्यापार गर्न सक्ने अवस्था नरहेकाले यथाशक्य खाेप लगाउन सरकारसँग माग गरेका छन् ।
नयाँ वानेश्वर व्यापार व्यवसायी संघले खोप माग गर्दै चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सोमबार बसेको संघको केन्द्रीय कार्यसमितिको बैठकले खोपको माग गर्दै सरकारको ध्यानकर्षण गराउने तथा आन्दोलनका कार्यक्रमअघि बढाउने निर्णय गरेको संघका अध्यक्ष रामशरण गिरीले जानकारी दिए ।
‘सोमबार बसेको बैठकले खोप माग्दै शुक्रबारसम्म प्रचार, पम्पप्लेट टाँसेर सरकारको ध्यानाकर्षण गराउने र शनिबार वानेश्वरमा प्रर्दशनसहितको विरोध कार्यक्रम गर्ने निर्णय गरेको छ,’ अध्यक्ष गिरीले भने । आफूहरूलाई सरकारले खोप नलगाएसम्म सहज रूपमा व्यापार सञ्चालन गर्न नसकिने पनि गिरीको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij