वेबटिभी खबर
एथेन्स । ग्रीसको ग्यालरीबाट ९ वर्षअगाडि चोरिएको पाब्लो पिकासोले बनाएको एउटा चर्चित कलाकृति फेला परेको छ । सोमबार एथेन्सका प्रहरीले पिकासोको वुमनहेड र सन् १९०५ मा डच कलाकार पिट मन्ड्रियनले बनाएको विन्डमिल भेटिएको बताएको हो ।
अर्को एकसहित तीन वटा कलाकृतिलाई सन् २०१२ माा एथेन्स नेश्नल ग्यालेरीबाट चोरिएको थियो । रोयटर्स समाचार एजेन्सीले एक प्रहरी अधिकारीलाई उद्धृत गर्दै सहरको बाहिरी भागमा लुकाइएको अवस्थामा भेटिएको बताएको छ । साथै प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेकाे छ ।
केही महिनाअघि मात्रै प्रहरीले ती चोरिएका कलाकृति देशभित्रै रहेको हुन सक्ने बताएको थियो ।
चोरी भएको उक्त कलाकृति एउटा महिलाको पोट्रेट हो । त्यसलाई सन् १९४९ मा पिकासोले नै नेश्नल ग्यालरीलाई उपहार दिएका थिए । अर्को एउटा कलाकृति भने चाेरहरूले त्यही खसालेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij