Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

२ वर्षमा सकियो ‘गंगुबाई काठियावाडी’ को छायांकन 

२ वर्षमा सकियो ‘गंगुबाई काठियावाडी’ को छायांकन 

  • 792
    SHARES
  • २ वर्षमा सकियो ‘गंगुबाई काठियावाडी’ को छायांकन 

    मुम्बई । अजय देवगन र आलिया भट्ट स्टारर फिल्म गंगुबाई काठियावाडीको सुटिङ सकिएको छ । फिल्मको टिमले बाँकी रहेको सुटिङ मुम्बईको फिल्म सिटी गोरेगाउँमा सकेको हो ।

    सञ्जय लिला भन्सालीको निर्देशनमा बनेको यस फिल्मको एक गीत र केही दृश्यको छायांकन हुन बाँकी थियो । यसभन्दा अगाडि आलिया भट्ट, सञ्जय र फिल्मका केही सदस्य कोरोना भाइरसबाट संक्रमित भएपछि यसको छायांकन रोकिएको थियो ।

    आलिया फिल्ममा गंगुबाई काठियावाडीमा मुख्य भूमिकामा रहेकी छन् । डिसेम्बर ८ सन् २०१९ मा सुरु गरेको फिल्म कोरोना भाइरसको महामारीका कारण झन्डै दुई वर्षमा छायांकन सकेको छ । याे फिल्मकाे छायांकन दुईपटकको लकडाउन र दुई वटा शक्तिशाली आँधिवेहरीबाट प्रभावित भएको थियो । 

    फिल्म जुलाई ३० मा रिलिज हुँदैछ । फिल्म भारत विभाजन हुनुभन्दा अगाडि र त्यसपछाडिको दुई टाइमजोनमा सेट गरिएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij