Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

संघीयता र समावेशी खारेज गर्न एउटा पक्ष लागिरहेको छ : अध्यक्ष यादव

संघीयता र समावेशी खारेज गर्न एउटा पक्ष लागिरहेको छ : अध्यक्ष यादव

  • 170
    SHARES
  • संघीयता र समावेशी खारेज गर्न एउटा पक्ष लागिरहेको छ : अध्यक्ष यादव

    बारा । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीयता र समावेशी खारेज गर्न एउटा पक्ष लागिरहेको आरोप लगाएका छन ।

    दिपावली तथा छठ पर्वका अवसरमा बाराको तेलकुवा महादेव मन्दिरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयता र समावेशी खारेज भए लोकतन्त्र खतरामा पर्ने बताएका हुन ।

    ‘संघीयता कार्यान्वयन गर्नका लागि पुलिस, कर्मचारी प्रशासन, आर्थिक स्रोत प्रदेशलाई हस्तान्तरण गरोस्, प्रदेशलाई अधिकार सम्पन्न गर्न कानुन बनाइयोस्’, अध्यक्ष यादवले भने ।

    यादवले ५३ प्रतिशत जनसङ्ख्या भएको मधेस प्रदेशलाई संघीय सरकारले जम्मा १२ प्रतिशत मात्रै बजेट विनियोजन गरेको भन्दै यहाँको विकास हुन कति वर्ष लाग्ला भनेर सोच्नुपर्ने गम्भीर विषय उब्जेको जनाए ।

    ‘हामीलाई अधिकार, सुशासन, प्रशासन आफ्नो चाहियो, संघीय सरकारले पठाएका प्रशासन हामीलाई चाहिदैन, संघीयताको अर्थ केन्द्रमा साझेदारी, प्रदेशमा आफ्नो शासन, प्रशासन हो, तबमात्र अधिकार सुरक्षित हुन्छ’, अध्यक्ष यादवले भने ।

    उनले जथाभावी चुरे उत्खनन गर्दा त्यसको प्रत्यक्ष असर मधेस प्रदेशमा परेको बताउँदै चुरे क्षेत्रमा दोहन गरेर मधेसलाई मरुभूमि बनाउने कुनै निर्णय भए मधेसका जनतालाई पाच्य नहुने बताए ।

    कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, जसपाका मधेस प्रदेशका अध्यक्ष रामबाबुकुमार यादव, नेताहरु रामकिशोर यादव, रामबाबु यादव, पारस साह, बच्चा यादव र शारदा शंकर जयसवालले शुभकामना व्यक्त गरेका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij