Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक जारी

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक जारी

  • 193
    SHARES
  • जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक जारी

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी छ । बैठक आज दिउँसो सुरु भएको हो ।

    सो पार्टीका प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार आजको बैठकमा मधेस प्रदेश सभा सदस्य विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उनको स्थानमा कसलाई पठाउने भन्ने बारेमा छलफल भइरहेको छ ।

    साथै बैठकमा पार्टीको संगठन विस्तार तथा सुदृढीकरण अभियानबारे पनि समीक्षा भइरहेको छ । जसपाले गत भदौदेखि तीन महिने संगठन विस्तार तथा सुदृढीकरण अभियान अभियान सञ्चालन गरिरहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij