Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

कोशी प्रदेशका मुख्यमन्त्रीले पाए दुई तिहाईभन्दा बढी मत

कोशी प्रदेशका मुख्यमन्त्रीले पाए दुई तिहाईभन्दा बढी मत

  • 196
    SHARES
  • कोशी प्रदेशका मुख्यमन्त्रीले पाए दुई तिहाईभन्दा बढी मत

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन । आज भएको मतदानमा उनले दुई तिहाईभन्दा बढी मत पाएका हुन।

    नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा कोशी प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम १२८ को उपनियम ४ बमोजिम कोशी प्रदेशसभा मुख्यमन्त्री कार्कीले विश्वास मतका लागि प्रस्ताव प्रस्तुत गरेका थिए ।

    मत विभाजनको आधारमा मुख्यमन्त्री कार्की पक्षमा ८६ र प्रतिपक्षमा राप्रपाका पाँच मत परेको थियो । मुख्यमन्त्री कार्कीका पक्षधर नेपाली कांग्रेस आठ जनासहित २९, नेकपा (एमाले)का ३९ जना, नेकपा (माओवादी केन्द्र)का १३ जना, नेकपा (एकीकृत समाजवादी)का चार जना र जसपाका एक सहित ८६ जनाले विश्वासको मत दिएको उपसभामुख सिर्जना दनुवारले घोषणा गरिन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij