Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

पार्टी एकता जोगाउने प्रयास जारी छ: प्रवक्ता ज्ञवाली

पार्टी एकता जोगाउने प्रयास जारी छ: प्रवक्ता ज्ञवाली

  • 767
    SHARES
  • पार्टी एकता जोगाउने प्रयास जारी छ: प्रवक्ता ज्ञवाली

    काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले पार्टी एकताको प्रयास जारी रहेको बताएका छन् । आइतबार स्थायी समितिको बैठकपछि प्रवक्ता ज्ञवालीले एमालेको एकताका लागि सबै तहका नेताहरूले कसरत गरिरहेको जानकारी दिएका छन् । 

    केही नेताहरू विपक्षीलाई काँधमा राखेर उनीहरूलाई शक्तिशाली बनाउने प्रयासमा लागे पनि एमालेका अधिकांश नेता, कार्यकर्ता पार्टी एकताकै पक्षमा प्रयत्न र प्रयासमा अघि बढिरहेको प्रवक्ता ज्ञवालीको भनाइ छ । 

    ‘एकतालाई मध्यनजर गरेर अध्यक्ष केपी शर्मा ओलीले गत जेठ २३ गते आह्वान गर्नुभएको छ । त्यसैमा आधारित भएर सम्वाद जारी छ,’ प्रवक्ता ज्ञवालीले भने । बैठकले १६ असारमा १० औं आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको उनले बताए ।

    २३ फागुन ०७७ मा सर्वोच्चले नेकपाबाट एमाले ब्युँताएपछि अध्यक्ष केपी शर्मा ओलीले २८ फागुनमा केन्द्रीय कमिटी गठन गर्दै सोही कमिटीलाई महाधिवेशन आयोजक कमिटीको जिम्मेवारी दिइसकेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij