Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

भारतमा संक्रमण घट्ने क्रम निरन्तर जारी 

भारतमा संक्रमण घट्ने क्रम निरन्तर जारी 

  • 601
    SHARES
  • भारतमा संक्रमण घट्ने क्रम निरन्तर जारी 

    नयाँ दिल्ली । भारतमा शनिबार ४९ हजार ७ सय १ जना संक्रमित थपिएका छन् । साे अवधिमा ५७ हजार ४ सय ८१ जना संक्रमणमुक्त भएका छन् । संक्रमणबाट १२ सय ५५ जनाले ज्यान गुमाएका छन् ।

    संक्रमणदर निरन्तर घट्दै गइरहेको क्रममा त्यहाँ अहिले ५ लाख ३७ हजार ४ सय ८१ जना सक्रिय संक्रमित रहेका छन् । भारतमा अहिलेसम्म कोरोना भाइरसबाट तीन करोड २ लाख मानिस संक्रमित भएका छन् भने तीन लाख ९५ हजारले ज्यान गुमाएका छन् । 

    भारतका १० राज्यहरु पश्चिम बंगाल, हिमाचल, झारखण्ड, छत्तीसगढ, ओडिशा, कर्नाटक, तमिलनाडु, मिजोरम, गोवा र पुडुचेरीमा अझै पनि पूर्ण लकडाउन जारी छ भने केरला, बिहार, दिल्ली, महाराष्ट्र, राजस्थान, उत्तर प्रदेश, मध्यप्रदेश, पंजाबलगायतका राज्यमा प्रतिबन्ध खुकुलो बनाइएको छ ।

    दिल्ली, मुम्बई लगायतका सहरमा ५० प्रतिशत यात्रु क्षमतासहित सार्वजनिक यातायात, सरकारी एवं गैरसरकारी कार्यालय, जिम एवं योग केन्द्र, खाद्य स्टोरहरु खुलेका छन् । दिल्लीमा १४ महिनापछि सबैभन्दा थाेरै ८५ जनामा संक्रमण भेटिएकाे छ । अहिलेसम्म दिल्लीमा मात्रै १४ लाख मानिस संक्रमित भएका छन्, भने २४ हजारभन्दा बढीकाे मृत्यु भएकाे छ । 

    दाेस्राे लहरकाे संक्रमणले व्यापक क्षति पुगेकाे भारतमा संक्रमण घटेसँगै विस्तारै सहरमा चहलपहल सुरू भएकाे छ । तर विज्ञहरूले तेस्राे लहरकाे सम्भावना रहेकाले सचेत रहन भनिरहेका छन् । 

    भारतमा तेस्राे लहर झन् घातक बन्न सक्छ : विज्ञ भारतमा तेस्राे लहर झन् घातक बन्न सक्छ : विज्ञ भारतमा ५१ हजार संक्रमित थपिए  भारतमा ५१ हजार संक्रमित थपिए  भारतमा संक्रमण गति सुस्त  भारतमा संक्रमण गति सुस्त 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij